रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? नेपालमा प्रहरी चौकीभित्रै महिला बलात्कृत हुने गरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । पाकिस्तानमा भने प्रहरीले एकजना महिला तथा एकजना पुरुषलाई नांगै परेड खेलाएको छ ।

पाकिस्तानको सिन्ध राज्यस्थित गम्बट सहरमा यस्तो घटना भएको हो । मासिक रुपमा पुलिसलाई बुझाउनुपर्ने घुस नबुझाएकोले आफुलाई नांगेझार पारिएको पीडित पुरुषले बताएका छन् । घटनाले चर्चा पाएसँगै स्थानीय प्रशासनले गम्बट प्रहरी चौकीका प्रमुख सहित दुइ प्रहरी अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेको छ । यदि यो घटना पुष्टि भएमा दोषी प्रहरी अधिकारीलाई सख्त कारवाही हुने उच्च प्रहरी अधिकारीको भनाइ छ ।

स्थानीय प्रहरी चौकीका अधिकारीहरुले भने आफुहरुमाथि लागेको आरोप अस्विकार गरेका छन् ।